नेपाल आयाल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँका दरले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर २५ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।
सोमबार राती १२ बजेदेखि अर्थात् मंगलबारदेखि लागू हुने गरी आयल निगमले मूल्य बढाएको हो । बढेको मूल्य अनुसार अब काठमाडौंका लागि निगमको डिपा रहेको १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजेल १ सय १३ रुपैयाँ र मट्टीतेल प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, खाना पकाउने ग्यासको मूल्इ प्रतिसिलिन्डर १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।
हवाई इनधनको मूल्य भने अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर १६ अमेरिकी डलरले वृद्धि गरी प्रतिकिलोलिटर ७ सय ७० डलर पुर्याएको छ ।