पोखरा, कास्कीमा किशोरी हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । घटनामा संलग्न आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका- ६ चालिसे बस्ने ४५ वर्षका खड्कबहादुर खवास पक्राउ परेका हुन् ।
मादी ९ सिप्लिबेशी घर भई मकै खोला स्थित मामाको घरमा बस्दै आएकी १७ वर्षीया कोपिला परियारको शव २०७७ असार २५ गते पातिघारीमा फेला परेको थियो ।
खवासलाई स्याङ्जा प्रहरीको सहयोगमा भदौ ६ गते पक्राउ गरेर कास्की ल्याइएको र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कास्की अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।