प्रधानन्यायाधीशलाई आज सर्वोच्च परिसरमा प्रवेश रोक लगाउने बार एसोसिएशनको तयारी
कार्तिक २६, २०७८काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई नेपाल बार एसोसिएसनले आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने भएको छ । हिजो सर्वोच्च परिसरमा भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेकाले आज बिहान १० बजे अघि नै भेला भएर आन्दोलन गर्न लागेको बारले जनाएको छ । बार एसोसिएशनका महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकालेर सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एसोसिएशनमा उपस्थित हुन निर्देशन दिनुभएको छ
सबै पढ्नुहोस