काठमाडौँ- पतञ्जली योगपीठले सञ्चालनमा ल्याएका दुईओटा आध्यात्मिक स्याटेलाइट टिभी च्यानल शुक्रबार एक कार्यक्रमका बीच सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको मण्डिखाटारस्थिति पतञ्जलीको नयाँ भवनबाट उक्त दुई टेलिभिजन च्यानल शुभारम्भ गरेका हुन् । आश्था टिभी नेपाल र पतञ्जली टिभी नेपाल नामका यी दुई स्याटेलाइट च्यानलबाट सामाजिक सुधार, शिक्षा, सन्देश, जागरण, स्वास्थ्य र अनुसन्धानमूलक कार्यक्रम, रामदेवका योग र आर्युवेदिक उपचारसम्बन्धी प्रसारण गरिने पतञ्जली योगपीठले जनाएको छ । आगामी साताबाट दुबै च्यानलको प्रसारण पूर्ण रुपमा हुने पतञ्जली याेगपीठले जनाएको छ ।
त्यस्तै, प्रधानमन्त्री देउवालले स्वदेशी समृद्धि कार्ड समेत शुभारम्भ गरेका छन् । उक्त कार्डमार्फत पतञ्जलीको सामान खरिद गर्दा ५ प्रतिशतसम्म छूट मिल्ने र यसमा ५ लाख रुपैयाँसम्मको बीमा हुने पतञ्जलीले जनाएको छ ।
प्रधानमनत्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृति समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत उपस्थित उक्त कार्यक्रममा कार्ड लिँदा सुरुमा ५ सय रुपैयाँ व्यालेन्स प्रदान गरिने र सेवा केन्द्रबाट उक्त कार्ड रिचार्ज गर्न समेत मिल्ने पतञ्जलीले जनाएको छ । पतञ्जलीका उत्पादनहरु पतञ्जलीका बिक्री केन्द्रहरुबाट खरिद छुट पाइने र देशभरका सेवा केन्द्रबाट कार्ड लिन तथा रिचार्ज गर्न सकिने जनाइएको छ ।कार्यक्रममा नेकपा माओवाी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत सहभागी थिए ।