दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर मन्दिरमा खुला
कार्तिक २०, २०७८काठमाडौं - यसपटक भाइटीकाको दिन (आज) काठमाडौंको जमलस्थित रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । हरेक वर्ष भाइटीकाको दिन खुल्ने रानीपोखरी यसपटक भने ६ वर्षपछि पूर्ण ‘व्यवस्था’का साथ खुलाउन लागिएको हो । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्द छन्
सबै पढ्नुहोस