×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डाेनाल्ड लु र ओलीबीच भेटवार्ता

डाेनाल्ड लु र ओलीबीच भेटवार्ता

काठमाडौँ- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्षसँग केपी शर्मा ओलीसँग भेट गरेका छन् । लुले शुक्रबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको बैठक कक्षमा ओलीलाई भेटेका हुन् । उनीहरूबीच भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो ।

भेटमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, विष्णु रिमाल र राजन भट्टराई सहभागी थिए । बुधबार साँझ काठमाडौं आइपुगेका लुले बिहीबार साँझ बालुवाटारमा प्रधान मन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

प्रतिकृया दिनुहोस्