एमालेले बिहीबार घोषणापत्रलाई अन्तिम रूप दिने
चैत ३०, २०७८काठमाडाैँ - नेकपा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले बिहीबार घोषणापत्रलाई अन्तिम रूप दिने भएको छ । पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सम्भवतः बिहीबार अन्तिम रुप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यदलमा मस्यौदाका विषयमा विस्तृत रूपमा छलफल भएको उनले बताए । .
सबै पढ्नुहोस