×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रहरी सवार गाडी दुर्घटना, तीन जना प्रहरीको मृत्यु

प्रहरी सवार गाडी दुर्घटना, तीन जना प्रहरीको मृत्यु

विराटनगर- ओलखढुंगाको हर्कपुरमा बोलेरो जिप दुर्घटना हुँदा तीन जना प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर तर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । 

हतियार मर्मत गर्न विराटनगर आउँदै गरेको बोलेरो दुर्घटना हुँदा एकजना प्रहरी हवल्दार र दुईजना प्रहरी जवानको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नवीन राईले जानकारी दिए ।

प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मनिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको हो भने प्रहरी जवान रुपन विष्टको उपचारको क्रममा प्रहरी अस्पताल काठमाडौँमा ज्यान गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राईले मकालुखबरलाई जानकारी दिए ।

बिहान सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा १७ च १०९४ नम्बरको बोलेरोमा ९ जना सवार रहेका थिए । अन्य ६ जनाको अबस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्दार गरेर प्रहरी अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्