×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको ७१ करोड रुपैयाँ फिर्ता तथा मिलान

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको ७१ करोड रुपैयाँ फिर्ता तथा मिलान

काठमाडौं - समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा विभिन्न सहकारीका करिब ११ हजार बचतकर्ताको ७१ करोड रुपैयाँ बचत फिर्ता तथा मिलान गरेको छ।

समितिले ९१ दिने कार्यप्रगति सार्वजनिक गर्दै २१ करोड नगद र ५० करोड बराबरको बचत मिलान गरिएको जानकारी दिएको छ। समितिले ५ लाखभन्दा कम बचत भएका, ज्येष्ठ नागरिक, एकल महिला र गम्भीर बिरामीलाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिरहेको छ। साथै, साउन तेस्रो सातादेखि कान्तिपुर र गोरखा सेभिङका बचतकर्तालाई निश्चित रकम भुक्तानी सुरु गरिने जनाइएको छ।

ऋण नतिर्ने सञ्चालक तथा ऋणीहरूमाथि कडा कारबाही अघि बढाउँदै समितिले बैंक खाता, राहदानी, सरकारी सेवा सुविधा रोक्का गर्ने र कालोसूचीमा राखेर जायजेथा लिलाम गर्ने प्रक्रिया तीव्र पारेको छ। 'विदेशमा लुकेर वा भागेर पनि ऋणबाट मुक्ति नमिल्ने' चेतावनी दिँदै समितिले ऋण मिलान नीतिमार्फत २२ करोड ८३ लाख असुल गरिसकेको छ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासभित्र सहकारीका मार्टहरूको व्यवस्थापन गर्ने र प्रविधिको प्रयोग बढाउँदै बचतकर्ताको रकम फिर्ता कार्यलाई निरन्तरता दिइने समितिले स्पष्ट पारेको छ।

प्रतिकृया दिनुहोस्