×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि जेठ २८ गतेदेखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि जेठ २८ गतेदेखि खुल्ने

काठमाडौं - सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आगामी जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ५ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि 'मेरो सेयर' वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। यस आईपीओमा छिटोमा असार २ गतेसम्म आवेदन दिन सकिनेछ। निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया दिनुहोस्