आज देशभर नागपञ्चमी पर्व मनाइँदै, मूलढोकामा नागको तस्वीर टाँसेर पूजाअर्चना
भदौ १, २०८३काठमाडौं - वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज देशभर परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइरहेका छन्। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक अष्टनाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) को तस्वीर टाँसी पूजाआजा गर्ने प्रचलन रहेको छ। नागको तस्वीर टाँस्दा वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने र अग्नि, मेघ
सबै पढ्नुहोस