×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

महानायक राजेश हमालको उपस्थितीमा जापानका पाँच शहरमा प्रेरणामुलक कार्यक्रम हुने

महानायक राजेश हमालको उपस्थितीमा जापानका पाँच शहरमा प्रेरणामुलक कार्यक्रम हुने

टाेकियाे। जापानमा बसोबास गर्ने नेपाली समुदायमा प्रेरणा,आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले एक प्रेरणामुलक कार्यक्रम हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको सह–आयोजनामा जापानका बिभिन्न शहरहरुमा फरक फरक मितिमा यस्तो प्रेरणामुलक कार्यक्रम गर्न लागिएको हो ।

महानायक राजेश हमालको प्रमुख उपस्थितीमा हुने तय भएको कार्यक्रममा महानायक हमालले आफ्नो जीवनयात्रा, निरन्तर साधना, संघर्ष र सफलतासम्मको अनुभवहरु साझा गर्दै प्रेरणादायी भनाईहरु राख्नुहुने भएको छ । साथै महानायक हमालद्धारा लिखित चर्चित पुस्तक युगदेखि युगसम्म लाई लेखक स्वयंको हस्ताक्षरसहित उपलब्ध गराउने व्यवस्था गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।  

सबै कार्यक्रममा प्रवेश निःशुल्क गरिएकाेले  तल उल्लेखित पायक पर्ने शहरहरूमा उपस्थितीका लागी आयोजनक संस्थाले अनुराेध गरेकाे छ । 

कार्यक्रमको मिति, समय र स्थान

१) टोकियो

मिति: फेब्रुअरी ११ (बुधबार)

समय: साँझ ६:३० बजेबाट

स्थान: Nakano Zero Hall, Nakano City

२) शिजुओका

मिति: फेब्रुअरी १४ (शनिबार)

समय: साँझ ६:००–९:००

स्थान: Miraie Community Hall, Shizuoka

३) नागोया

मिति: फेब्रुअरी १५, २०२६

समय: १७:०० बजेबाट

स्थान: Nagoya International Center, Nagoya

४) ओसाका (कान्साइ क्षेत्र)

मिति: फेब्रुअरी १७ (मंगलबार)

समय: १६:३०–२१:१५

स्थान: Osaka Abeno Civic Center

५) फुकुओका

मिति: फेब्रुअरी १९ (बिहीबार)

समय: साँझ ६:०० बजेबाट

स्थान: Hakata Cimin Center, Fukuoka

प्रतिकृया दिनुहोस्