×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इन्द्रजात्राको रौनक थप्दै एक्सट्रिम इनर्जी ड्रिंक र 'द लोकल': वसन्तपुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

इन्द्रजात्राको रौनक थप्दै एक्सट्रिम इनर्जी ड्रिंक र 'द लोकल': वसन्तपुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ  - काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो तथा ऐतिहासिक सांस्कृतिक उत्सव इन्द्रजात्राका अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक र ‘द लोकल’ले हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्।

 

नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले जात्राको सुरुवातलाई थप उत्साहपूर्ण बनाएको छ।

कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वलाई उजागर गर्दै युवापुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिन प्रेरित गरिएको थियो। एक्सट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहभागी हुँदै आफ्नो सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जनाएको छ। यस सहकार्यले जात्राको जीवन्त वातावरण र सांस्कृतिक गरिमालाई थप ऊर्जा प्रदान गर्दै उत्सवको रौनक बढाएको छ।

प्रतिकृया दिनुहोस्