बस र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो, एक जना घाइते
फाल्गुण ३, २०७८काठमाडौं - भक्तपुरको च्यामासिंमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । हिजो बेलुका ८ बजे बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने दोलखाका ३४ वर्षका देवेन्द्र कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलका चालक घाइते भएका छन् । उहाँको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सबै पढ्नुहोस