हेटौंडा - मकवानपुरको मनहरीबाट राक्सिराङको चैनपुरतर्फ जाने क्रममा जिर्खी खोलाले आज साँझमा बोलेरो गाडी बगाएको छ ।
सवारी साधन बगाए पनि त्यसमा कति यात्रु थिए र खोलाले गाडी कहाँ पुर्यायो भन्ने केही खुलेको छैन ।
साँझ झमक्क भएपछिको उक्त घटनाको समाचार प्राप्त भएपछि प्रहरी र जनप्रतिनिधिहरु घटनास्थलतर्फ गएको बताइएको छ ।
केही दिनदेखि परेको लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेको छ ।
आजै बिहान तनहुँमा मर्स्याङ्दी नदीले कटान गरेर पृथ्वी राजमार्गको केही भाग भासिँदा केही सवारी साधन र यात्रु खसेका थिए ।