×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हेटौंडाको पहिलो महिला मेयरमा लामा,जसले एमालेको गढ भत्काइन

हेटौंडाको पहिलो महिला मेयरमा लामा,जसले एमालेको गढ भत्काइन

मकवानपुर - हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयरको रुपमा मीना कुमारी लामा निर्वाचित हुनु भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकिकृत समाजवादीकी लामा हेटौंडाको पहिलो महिला मेयरको रुपमा निर्वाचित भएकी हुन्।

लामाले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेललाइ २ हजार एकसय ५८ मतले पराजित गरेकी छन् । लामाले २३ हजार ६७ मत पाउँदा पौडेलले २० हजार नौ सय ८ मत पाएकी छन् । राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार पाँच सय ३१ मत प्राप्त गरेकी छन् ।

त्यस्तैगरी उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । उनले ३२ हजार पाँच सय ९३ मत पाए भने उनका प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार नौ सय नौ र राप्रपा उम्मेदवार इन्दिरा न्यौपानेले पाचहजार ८ सय ८६ मत पाएका छन्।

मेयरमा लामा निर्वाचित भएसँगै नेकपा एमालेको तीन दशक लामो विरासत भत्किएको छ । हेटौंडामा २०४८ सालदेखी निरन्तर रुपमा एमालेले विजयी हासिल गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस्