लयमै न्यूक्यासल, चेल्सीको पनि जित
माघ २, २०७९काठमाडौँ- ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा खेलको ६४औँ मिनेटमा काइ हाभेर्टले गरेको खेलको एक मात्र गोल नै निर्णायक गोल बनेको थियो । यस सिजनमा खराब प्रदर्शन गरिरहेको चेल्सीको यो १९औ खेलमा केवल आठौँ जित हो ।
सबै पढ्नुहोस