×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

नेपाली जनसम्पर्क समिति जापानको नयाँ कार्यसमिति सर्वसम्मत, को–को भए निर्वाचित? (पूर्ण सूची)

नेपाली जनसम्पर्क समिति जापानको नयाँ कार्यसमिति सर्वसम्मत, को–को भए निर्वाचित? (पूर्ण सूची)

टोकियो । नेपाली जनसम्पर्क समिति जापानको बहु प्रतीक्षित ७ औँ ऐतिहासिक महाधिवेशन भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। लामो समयपछि सम्पन्न अधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट नेपाली कांग्रेसका क्रियाशील सदस्य, शुभेच्छुक तथा लोकतान्त्रिक विचारमा आस्था राख्ने नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को मूल आदर्शलाई आत्मसात गर्दै सम्पन्न महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रमुख अतिथिका रुपमा भर्चुअल जुम बिधीद्धारा सम्बोधन गर्नुभएको थियो भने केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि अजयबाबु शिवाकोटी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। महाधिवेशनको उद्घाटन शत्रमा बोल्ने वक्ताहरूले प्रवासमा संगठनलाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउँदै मुल पार्टीको नीति र विचारलाई अझ मजबुत रूपमा अघि बढाउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो।

महाधिवेशनले सहमति, एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरेको छ।

निर्वाचित पदाधिकारीहरू

सभापति : राजेन्द्र प्रसाद जमरकट्टेल
उपसभापति : रामजंग कार्की (कान्तो),रेशमकुमार डंगोल (सिजोओका), डिका कार्की(फुकुओका),पोषकान्त न्यौपाने(किता कान्तो) हरि प्रसाद कँडेल.(ओशाका) सुशील पौडेल(नागोया) युवराज गुरुङ(कान्तो)
महिला उपसभापति : सावित्री लामा (सेन्दाई) अनिता गुरुङ लामा(टोकियो) 
महामन्त्री :   विराट खनाल र अशोक शर्मा (गोपाल)
सहमहामन्त्री :  रामप्रसाद बास्तोला, दीपेश खत्री, कुशल धिताल,घनश्याम कंडेल,विनोद तामाङ, प्रिन्सेस खरेल (महिला), विमान सिंह मोक्तान (समावेशी),सुरेश सापकोटा, चित्रबहादुर गुरुङ,शिवकुमार श्रीस मगर,शम्भु केसी,
धीरेन्द्र बम ठकुरी (युवा), दिनेश अधिकारी, शिव पौडेल,रोशन निरौला । 
कोषाध्यक्ष : यमकान्त कँडेल
सहकोषाध्यक्ष : सन्देश अधिकारी, महेन्द्र सुवेदी (सुमन) र महिला सहकोषाध्यक्ष मनाेनित गर्न बाँकी 

निर्वाचित सदस्यहरू
सागर प्रसाद कँडेल,राजेश खनाल,श्यामहरि तिम्सिना,सन्तोष ढकाल, अर्जुन सुवेदी,टिकाराम कँडेल,देवबहादुर पुन,पवित्रा देवकोटा रेग्मी(पवि),गणेशबहादुर बिष्ट,बसन्त आचार्य,भीमबहादुर घर्ती (अनुप), ईश्वरी अधिकारी, गणेशजंग रायमाझी,सन्तोषबहादुर मल्ल, भरत गुरुङ,दिनेश सापकोटा,असिम खनाल,दुर्गाप्रसाद गैरे,सुवास पाण्डे, राजन ढकाल, रेशम केसी, प्रविण कँडेल  र संघर्ष सुवेदी (जेन्जी),

महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधीहरु 
१. राजेन्द्र प्र जमरकट्टेल (महासमिती सदस्य,महाधिवेशन प्रतिनिधी)
२. पदमपानी चापागाई पिताम्बर (महासमिती सदस्य,महाधिवेशन प्रतिनिधी)
३. रामकृष्ण बम मल्ल (महासमिती सदस्य,महाधिवेशन प्रतिनिधी)
४. लाल बहादुर केसी (महाधिवेशन प्रतिनिधी)
५. नारायण प्र सुवेदी (महाधिवेशन प्रतिनिधी)
६. डा बलराम श्रेष्ठ (महाधिवेशन प्रतिनिधी)
७. दण्डपानी कंडेल (डीपी) (महाधिवेशन प्रतिनिधी)
८. भुपीगोविन्द श्रेष्ठ (महाधिवेशन प्रतिनिधी)
९. रामजंग कार्की (महाधिवेशन प्रतिनिधी)
१०.रेशमकुमार डंगोल(महाधिवेशन प्रतिनिधी)
११. सावित्री लामा(महाधिवेशन प्रतिनिधी)
१२. पेम्बा लामा (महाधिवेशन प्रतिनिधी)
१३. नवराज  थापा (महाधिवेशन प्रतिनिधी)
१४. शम्भु केसी (महाधिवेशन प्रतिनिधी)

महाधिवेशनले जापानमा रहेका नेपाली कांग्रेसका शुभेच्छुक तथा समर्थकहरूलाई अझ सुदृढ रूपमा संगठित गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय हित र प्रवासी नेपालीहरूको साझा आवाजलाई थप प्रभावकारी रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। लामो समयपछि सम्पन्न यो महाधिवेशनले प्रतिस्पर्धा भन्दा सहमति, विभाजनभन्दा एकता र व्यक्तिभन्दा संगठनको सन्देश प्रवाह गर्दै नेपाली जनसम्पर्क समिति जापानको नयाँ अध्यायको औपचारिक सुरुवात गरेको सहभागीहरूको विश्वास रहेको छ।

 

प्रतिकृया दिनुहोस्