×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अनेरास्ववियु महाराजगन्ज चिकित्सा क्याम्पसका विद्यार्थीहरूले स्वास्थ्य मन्त्रीलाई विभिन्न माग राखी बुझाए ज्ञापन पत्र !

अनेरास्ववियु महाराजगन्ज चिकित्सा क्याम्पसका विद्यार्थीहरूले स्वास्थ्य मन्त्रीलाई विभिन्न माग राखी बुझाए ज्ञापन पत्र !

काठमाडौं- अनेरास्ववियु महाराजगन्ज चिकित्सा क्याम्पसका विद्यार्थीहरूले स्वास्थ्य मन्त्रीलाई विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको छ । कमिटीका अध्यक्ष डा. असिम घिमिरेको नेतृत्वमा गएको टोलीले आवासीय चिकित्सकको तलब, सुरक्षा र ड्युटी आवर लगायतका समस्याहरू राखी उचित समाधान दिनुहुन माग गरेको छ ।

समयानुकूल निर्वाह भत्ता समायोजन गरिनुपर्ने , ड्युटीको समयलाई श्रम ऐन अनुसार कायम गरिनुपर्ने र १५ दिनको अनिवार्य फोर्स लिभ साथै ३ महिनाको प्रसूति बिदाको व्यवस्था गरिनुपर्ने माग राखेको टोलीका सदस्य पुष्पराज भामले नेपालप्रेसलाई जानकारी दिए ।

चिकित्सकहरूको तलब, सेवा सुविधा वृद्धि गरी राज्यले सुरक्षाको जिम्मेवारी लिएर नेपालमा डाक्टरहरूलाई आफ्नै देशमा सेवा गर्ने माहौल बनाउन पनि आग्रह गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्