पोखरामा आत्मदाहको प्रयास : उद्धार गर्न जाँदा घरबेटीसमेत घाइते
माघ १५, २०७९काठमाडौँ- पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा १३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् । ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए ।
सबै पढ्नुहोस