आईसीसी विश्वकप लिग-२ : नेपाल र युएई भिड्दै
फाल्गुण १८, २०७९काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुनेछ। यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।
सबै पढ्नुहोस