×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव भोलीदेखि सुरु हुँदै

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव भोलीदेखि सुरु हुँदै

धनगढी- कैलालीको धनगढीमा भोलिबाट विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना हुने भएको छ । भोलिदेखि १३ गतेसम्म आयोजना हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।
तर, अहिले प्रधानमन्त्री आउने सम्भावना क्षीण रहेको आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए ।

प्रधानमन्त्री नआउने भएपछि भोली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबाट महोत्सव उद्घाटनको तयारी भइरहेको छ ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी २०० बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम तय भएको छ । साहित्यकार झमकलाई रु एक लाख ११ हजार राशीको बद्री-कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ । महोत्सव आयोजनाका लागि ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्