शाहरूख खानको चलचित्र 'जवान' भदौ २१ गतेदेखि प्रदर्शन हुने
बैशाख २४, २०८०काठमाडौं- बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' को नयाँ प्रदर्शन मिति तय गरिएको छ। शनिबार पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तोकिएको हो। यो फिल्म ७ सेप्टेम्बर अर्थात भदौ २१ गतेदेखि प्रदर्शन हुनेछ। यसअघि फिल्म २ जुन अर्थात जेठ १९ गतेदेखि प्रदर्शन हुने भनिएको थियो। यो फिल्मले सेप्टेम्बरलाई प्रदर्शन मिति तय गरेसँगै अन्य बलिउड फिल्मलाई असर पारेको बलिउड फिल्मकर्मीको गुनासो छ।
सबै पढ्नुहोस