×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लहान नगरपालिका उपप्रमुख महतो जबर्जस्ती करणी मुद्दामा पक्राउ

लहान नगरपालिका उपप्रमुख महतो जबर्जस्ती करणी मुद्दामा पक्राउ

लहान- जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता भएपछि फरार रहेका लहान नगरपालिका उपप्रमुख राम चलितर महतोलाई प्रहरी नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार असार ४ गते २१ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हाे । 

रोजगारी दिलाइदिन भन्दै उपप्रमुख महतोको कार्यकक्षमा पुगेकी युवतीमाथि उपप्रमुख महतोले कोठाको चुकुल लगाएर जबर्जस्ती गरेको उजुरी प्रहरीमा परेको थियो । असार ४ गते इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएपछि प्रहरीले उपप्रमुख महतोको खोजी गरिरहेको थयो ।

उपप्रमुख महतो शुक्रवार प्रहरीसमक्ष आफैँ उपस्थित भएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्