×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी केन्द्रका नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नु पर्ने

माओवादी केन्द्रका नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नु पर्ने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई चिकित्सकहरूले कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् । कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिसकेको हुनाले उनको अबको उपचार प्रत्यारोपण नै रहेको सुमेरु सिटीले जनाएको छ ।

नेता पुन हाल ललितपुरको सुमेरु अस्पतालमा उपचाररत छन् । नेपालमा कलेजो प्रत्यारोपण त्यति सहज नभएकाले भारत वा चीनमा कहाँ गर्ने भन्ने विषयमा छलफल भइरहेको अस्पतालले जनाएको छ । पुनले यसअघि थाइल्यान्ड र चीनमा उपचार गराउँदै आएका थिए ।

प्रतिकृया दिनुहोस्