×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मागियो मेयर हर्क साम्पाङको राजीनामा

मागियो मेयर हर्क साम्पाङको राजीनामा

काठमाडौँ-  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागिएको छ । सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी सङ्गठनले साम्पाङको राजीनामा मागेको हो ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्।

मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप सङ्गठनले लगाएको छ। राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ। केही दिनअगाडि अगाडी मेयर साम्पाङले काठमाडौँका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसाप्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राप्रवि सङ्गठन घोर भर्त्सना र विरोध गर्दछ ।’

छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरविन्द केजरिवाल राजनीतिमा प्रवेश गरेसँगै नयाँ दिल्लीमा भएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह गरिएको छ। मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनीतिक क्षमता र बोलीको परिपक्वतामा प्रश्न उठेको राप्रवि सङ्गठनले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्