×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शिक्षाको नाममा तीन वर्षमा १ खर्ब बाहिरियो

शिक्षाको नाममा तीन वर्षमा १ खर्ब बाहिरियो

 काठमाडौं - अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ । यसबाट गुणस्तरीय शिक्षा हासिल भए पनि देशको ठुलो धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बितेका तीन वर्षमा नेपालबाट शिक्षाका नाममा ९७ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवम् नो अब्जेक्सन लेटर (एनओसी) महाशाखाका प्रमुख नारायण पोखरेलका अनुसार विगत १३ वर्ष (२०६५ देखि २०७८) मा चार लाख १६ हजार ३ सय ४४ विद्यार्थीले एक सय तीन देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन् । यो अवधिमा विदेशमा उच्च शिक्षा हासिल गर्न आर्थिक वर्ष २०७५ ७६ मा सबैभन्दा धेरै विद्यार्थी गएको देखिन्छ । सो आर्थिक वर्षमा ५३ हजार २ सय ५९ विद्यार्थीले एनओसी लिएको प्रमुख पोखरेलले जनाए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्