×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भोलि चन्द्रग्रहण लाग्ने

भोलि चन्द्रग्रहण लाग्ने

काठमाडौं- भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । भोलि बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिनेछ ।

चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले भोलि लाग्ने ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण र ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । यसअघि कात्तिक ८ गते औँसीका दिन सूर्यग्रहण लागेको थियो । 

प्रतिकृया दिनुहोस्