×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राहदानी विभागको अण्डरग्राउण्ड खाली गराइयो

राहदानी विभागको अण्डरग्राउण्ड खाली गराइयो

काठमाडौं- काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङका लागि खाली गराएको छ । केही दिनयता महानगर प्रमुख बालेन साह आफै फिल्डमा उत्रिएर अन्डरग्राउण्ड पार्किङ खाली गराउनका साथै नक्सा पास नभइ बनेका संरचनामा डोजर लगाउँदै आएका छन् ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएका उनी टोलीसँगै शुक्रबार राहदानी विभाग पुगेका हुन् । त्यसक्रममा अन्डरग्राउण्ड प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

दुई–तीन पटक पार्किङ एरिया खाली गराउनका लागि चिठी पठाए पनि विभागले अटेर गरेपछि मेयर बालेन आफै डोजर लिएर त्यहाँ पुगेका हुन् । उक्त स्पेस अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीले पार्किङका लागि असुविधा भोग्दै आएका छन् । त्यसैले महानगरले सो स्थान खाली गराएको हो ।

प्रतिकृया दिनुहोस्