×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

बुटवल - नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। पोखरेलले आज बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

यसअघि ३ फागुन २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा (माओवादी केन्द्र)को समर्थनमा पोखरेल मुख्यमन्त्री भएका थिए। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर उनीमाथि अविश्वास प्रस्ताव दर्ता गरेकाे थियाे।

आज अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूचि रहेकाे भए पनि उनले त्यसअघि नै राजीनामा दिएका थिए।

प्रतिकृया दिनुहोस्