×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

काठमाडौँ- तनहुँमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् । ४० वर्षीय श्रीमान् मनबहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशीला बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण सुशीलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र बेलचौतारामा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्