×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेबिसंघको केन्द्रीय सभापतिमा सुरुज सेजुवालको नेतृत्व किन ?

नेबिसंघको केन्द्रीय सभापतिमा सुरुज सेजुवालको नेतृत्व किन ?

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कांग्रेसले म्याद सकिएका भ्रातृसंस्था भंग गरेपछि नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको हो । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघ तरुणदल लगाएतका १० भ्रातृसंस्था खारेज गर्दै फागुनभित्र नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो ।

नेविसंघको बिधान अनुसार ३२ वर्षे उमेर हद लागू भयसंगै नेविसंघको नेतृत्वको खोजीकार्य सुरु भएको छ । कांग्रेसको भ्रातृसंस्थाहरु मध्ये सबैभन्दा चलाएमान सस्थाको रुपमा चिनिने नेविसंघको सभापतिको बन्ला भन्ने सन्दर्भमा आम कांग्रेसिजनको जिज्ञासा बढ्नु स्वभाबिकै थियो, तर नेविसंघको नेतृत्वमा रहेकाहरु कालान्तरमा पार्टीको केन्द्रीय राजनीतिमा पनि स्थापित भएको इतिहास छर्लङ्ग छ ।

त्यस्तै कांग्रेसमा अन्य भ्रातृसंस्थाहरु भन्दा बढि चलायमान हुने र सक्रिय संगठन भएकाले पनि नेविसंघमा आफू अनुकुल नेतृत्व ल्याउन पार्टीकै प्रभावशाली नेताहरु पनि उत्तिकै सक्रिय छन् ।

नेताहरुले आफूनिकटलाई नेविसंघको नेतृत्वमा ल्याउन लबिइङ गरिरहेका छन्, भने नेतृत्वका आकांक्षीहरुले भने नेताहरुको घरदैलो अभियानलाई तीब्र बनाएका छन् । नेविसंघको अब बन्ने केन्द्रीय कार्यसमिति सहमतिमै चयन हुने भएकाले आकांक्षीहरुले आफूलाई टीममा पार्न सक्रियता बढाएका छन् ।

पार्टीमा भागवण्डाकै आधारमा भ्रातृसंस्थामा नेतृत्व चयन हुने चर्चा कांग्रेसभित्र छ । कांग्रेसको प्रमुख भ्रातृसंस्था नेविसंघको नेतृत्व संस्थापन पक्षले आफैसँग राख्ने आकलन भए संगै नेविसंघको सभापतिका लागि सुरज सेजुवाल, प्रेमबहादुर शाही, उत्तम साउद, गीता गुरुङ मनिषजङग थापा, डोजाङ शेर्पा, चन्द्र विक, नवराज त्रिपाठी, एलिजा ढकाल लगायतको नाम पनि चर्चामा छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट समूहबाटै नेविसंघको नेतृत्वमा ल्याउने तयारी गरे संगै सुरज सेजुवाल, उत्तम साउद, प्रेम शाहि, मनिषजङग थापा मध्य एक जना सभापति भन्ने निश्चित देखिन्छ भने यिनीहरु मध्ये पनि कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, नेता एनपी साउद, नैनसिंह महर लगाएतका नेताहरुको बिस्वासिला पात्रको रुपमा सुरज सेजुवाल रहेका छन् त्यसैले उहाँको चर्चा अरु नेताहरुको भन्दा बढी हुनु स्वभाबिक नै मानिन्छ ।

नेबिसंघको केन्द्रीय सभापतिमा सुरुज सेजुवालको नेतृत्व किन ?

राष्ट्रियता लोकतन्त्र समाजवाद र विद्यार्थी एकताको मुलमन्त्रलाई आत्मसात गरि लामो समयदेखि विद्यार्थीहरुको हक, अधिकार र स्वतन्त्रताको लागि कलेज र सडकहरुमा आवाजहरु बुलन्द गरि दृढताका साथ नेविसंघको संगठन बिस्तार गर्दै विगत लामो समयदेखि नेपाल ल क्याम्पस नेपाल विधार्थी संघको नेतृत्व सम्हालेर कानुनी शिक्षा सुधार अभियान मार्फत नेपालमा कानुनको विश्वविधालयको स्थापना गर्ने र खुल्ला विश्वविधालय मार्फत गुणस्तरीय शिक्षाको सदैव वकालत गर्दै राजनीतिक र शैक्षिक परिवर्तनका आन्दोलनहरुको नेतृत्व गरि दशकौं पहिला नेपाल ल क्याम्पसबाट राजनीतिक जीवन प्रारम्भ गरि नेविसंघ नेपाल ल क्याम्पसको सभापतिको रुपमा आफूलाई स्थापित गर्दै नेविसंघको राजनीतिमा अत्यन्तै सक्रिय ब्याक्तित्व आदरणीय सुरज सेजुवाल दाइको जुझारुपन, बौद्धिकता, बहुआयाम, योग्यता, क्षमता, लगनशीलता, धैर्यता, निष्ठा, त्याग र संघर्षको उचित मुल्यांकन गर्दै आउदै गरेको नेविसंघको तदर्थ समितिमा केन्द्रीय अध्यक्षको जिम्मेवारी दिदै उहाँको पार्टी र संगठन प्रतिको समर्पणलाई सम्मान गर्दै नेविसंघलाई सशक्त, जुझारु, चलायमान र पुनर्जीवित गर्दै अगाडि बढाउने महान अभियानमा आ-आफ्नो तह र तप्कादेखी सहयोगको लागि सम्पूर्ण नेतागणहरुलाई हार्दिक अपिल गर्दछु ।

प्रतिकृया दिनुहोस्