×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले–माओवादी कार्यकर्ताबीच झडप हुँदा ९ जना घाइते

एमाले–माओवादी कार्यकर्ताबीच झडप हुँदा ९ जना घाइते

डोल्पा- हिमाली जिल्ला डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा ९ जना घाइते भएका छन् ।

घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएका छन् । झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापा गाउँका ४२ वर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ बर्षीया भद्र बोहोरा र सोही ठाउँमा १२ बर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् । यस्तै माओवादी समर्थित पालिकाको थापा गाउँका ५९ बर्षीया बिर्ख बोहोरा, १८ वर्षका लक्ष्मण बोहोरा घाइते भएका छन् ।

यस्तै ५४ वर्षका गोरसिह, १६ वर्षीया पबिन्द्र बोहोरा र २१ वर्षका जगत बोहोरा घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार राती थापागाउँस्थित वडा कार्यालय नजिकका झडप भएको थियो । उनीहरूले मादक पदार्थ सेवन गरेका थिए भने सामान्य वादविवाद भई झैँ–झगडा हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी झ्याकोटमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्