काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन महत्वपूर्ण सदस्यहरू श्रीलंकाको प्रतिष्ठित 'लंका प्रिमियर लिग (LPL) २०२६' का लागि अनुबन्धित भएका छन्। सोमबार भएको ड्राफ्टमा सर्वाधिक सफल टोली जाफ्ना किंग्सले स्टार स्पिनर सन्दीप लामिछाने र कप्तान दीपेन्द्रसिंह ऐरीलाई आफ्नो टोलीमा भित्र्याएको छ।
यस्तै, ओपनर कुशल भुर्तेल पहिलोपटक विदेशी फ्रेन्चाइज लिगका लागि कोलोम्बो काप्समा अनुबन्ध भएका छन्। एलपीएल प्रतियोगिता आगामी जुलाई १७ देखि अगस्ट ८ सम्म श्रीलंकामा आयोजना हुँदैछ।