×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

लैंगिक समानताका लागि मैत्रीपूर्ण फुटबल

लैंगिक समानताका लागि मैत्रीपूर्ण फुटबल

काठमाडौँ - लैंगिक  समानताका लागि शनिबार भएको मैत्रीपूर्ण फुटबलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) विजयी भएको छ ।

एन्फा कप्लेक्स सातदोबाटो मैदानमा भएको खेलमा एनएसजेएफले अष्ट्रेलियन अल्मुनीलाई ३–१ गोलले हरायो ।

एनएसजेफको जितमा प्रज्वल शाक्य, गौरव फुयाल र अभिनव जोशीले गोल गर्नुभयो । अष्ट्रेलियन अल्मुनीका निरु थापाले सान्त्वना गोल फर्काउनुभयो ।

१६ दिने अभियान अन्तर्गत साथी नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

‘हाम्रो गोल महिला हिंसाविरुद्ध’ भन्ने नारासहित आयोजित मैत्रीपूर्ण फुटबल कार्यक्रममा नेपालका लागि अष्ट्रेलियन राजदूत फिलिसिटी भोल्क, साथी फाउन्डेसनकी बन्दना राणा, एन्फाका महासचिव इन्द्रमान तुलाधरलगायत उपस्थित हुनुहुन्थ्यो

प्रतिकृया दिनुहोस्