×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अति आवश्यक बाहेक घरबाहिर ननिस्कन र यात्रा नगर्न गृह मन्त्रालयको आग्रह

अति आवश्यक बाहेक घरबाहिर ननिस्कन र यात्रा नगर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं - गृह मन्त्रालयले अति आवश्यक बाहेक घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न आम सर्वसाधारणमा आग्रह गरिएको हो ।

कोरोना संक्रमणको गति बढ्दै गएपछि देशभरका ७७ जिल्लामध्ये बिहीबारसम्म १५ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

विज्ञप्तिमा ‘कोरोना संक्रमण दोस्रो लहरमा तीव्र गतिमा फैलिरहेका कारण उत्पन्न विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासको अतिरिक्त अन्य सबै सरोकारवालाको सहयोग र सहकार्य जरुरी भएको’ उल्लेख छ ।

प्रतिकृया दिनुहोस्