×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनकुटामा माओवादी केन्द्रका नेताहरूको सामूहिक राजीनामा

धनकुटामा माओवादी केन्द्रका नेताहरूको सामूहिक राजीनामा

काठमाडाैँ- माओवादी केन्द्र धनकुटाको सिङ्गो जिल्ला समितिले सामूहिक राजीनामा दिएको छ । केन्द्रमा आबद्ध सबै पोलिट ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जन वर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन् । 

आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनमा गठबन्धनका बहानामा पार्टीका कटिबद्ध नेतालाई बहिस्कार गर्न खोजेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । धनकुटामा नेपाली कांग्रेसले सुनील थापालाई अघि सारेको छ । 

 बैठकले आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने जनाधार भएका हेमराज भण्डारीलाई स्वतन्त्र उम्मेदवारको रूपमा समर्थन गर्ने पनि निर्णय गरेको छ । उनी माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य पनि थिए ।  

प्रतिकृया दिनुहोस्