×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धनका दलसँग संवाद गर्ने कांग्रेसको निर्णय

आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धनका दलसँग संवाद गर्ने कांग्रेसको निर्णय

काठमाडाैं- नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले ठुलो दलको हैसियतले पार्टीले नै सरकारको नेतृत्व पाउनुपर्ने निष्कर्षका साथ कांग्रेसले यस्तो निर्णय गरेको जानकारी दिए । यस्तै संसदीय दलको चुनावका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको पनि उनले बताए ।

यसैगरी सातै प्रदेशमा संसदीय दलको नेता चयनका लागि प्रदेश कार्यसमितिलाई निर्देशन दिने निर्णय भएको महतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्