काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउने विषय पूर्ण रूपमा फरक रहेको स्पष्ट पार्दै राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेका छन्。बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले उक्त टिप्पणी गरेका हुन्।
फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, “तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्; हाम्रा नेता लड्छन्, मानवताले आस गर्छन्! फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) लाई पदबाट हटाउने सरकारको निर्णयप्रति प्रश्न उठाएपछि प्रधानमन्त्री शाहको यो अभिव्यक्ति बाहिर आएको हो। सभापति लामिछानेले बिहीबार सरकारले आईजीपी हटाएको निर्णयको औचित्य पुष्टि गर्नुपर्ने सार्वजनिक रूपमा माग गरेका थिए भने रास्वपाका अन्य नेताहरूले पनि सरकारले महत्त्वपूर्ण निर्णय गर्दा पार्टीसँग कुनै छलफल नगरेको भन्दै असन्तुष्टि जनाएका थिए। प्रधानमन्त्री शाहको यो भनाइलाई धेरैले लामिछाने र उनको दलको प्रश्नप्रतिको लक्षित जवाफका रूपमा व्याख्या गरेका छन्।