×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रमा हिमपात

सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रमा हिमपात

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रमा हिमपात भएको छ । जिल्लाको सल्लेरी आसपासका डाँडा, खुम्बु क्षेत्र, पत्ताले, पिकेडाँडा, रातनागी सहितका क्षेत्रमा आज हिमपात भएको हो ।
खुम्बुको लुक्ला नाम्चे, खुम्जुङसहितका क्षेत्रहरुमा बिहानैदेखि हिमपात भएको उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो । लुक्लामा करिब ६ इन्च हिउँ जमेको छ भने नाम्चे खुम्जुङसहितका क्षेत्रहरुमा १० देखि १२ इन्चसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।
हिमपात हुने क्रम अहिले पनि जारी रहेकाले अझ धेरै हिउँ जम्न सक्ने सम्भावना रहेको उनीहरुको भनाइ छ । सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार नाम्चे लगायतका ठाउँबाट देखिने डाँडाहरु हिमालझैँ सेताम्य बनेका छन् ।
सदरमुकाम सल्लेरीबाट देखिने लोदिङ, पत्ताले, खोरियाको माथिल्लो क्षेत्र, रोशी, रातनागी, फाप्लुसहितका क्षेत्रहरु पनि सेताम्य बनेका छन् । हिमपात भएसँगै स्थानीयवासी भने खुसी भएका छन् ।
हिमपात तथा वर्षातले बालिनाली सप्रने भएकाले कृषकलाई राहत मिलेको उनीहरुको भनाइ छ । अघिल्लो वर्ष पुसकाे तेस्रो हप्तामा मात्रै हिउँ परेको सोलुखुम्बुमा यस वर्ष एक हप्ता अघि नै हिमपात भएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस्