×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा कोरोनाको नयाँ प्रजातीको भेरियन्ट पत्ता लाग्यो

नेपालमा कोरोनाको नयाँ प्रजातीको भेरियन्ट पत्ता लाग्यो

काठमाडौं - तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ । 
देशका विभिन्न भागबाट कोभिड-१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो ।
 डा. समिरकुमार अधिकारीका अनुसार ९७ प्रतिशतमा पाइएको भारतीय भेरियन्ट हाे भने तीन प्रतिशतमा पाइएको बेलायती भेरियन्ट हो ।

योसँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो । 
नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्