×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यी पाँच कारणले खानु पर्दोरहेछ ब्राउन राइस

यी पाँच कारणले खानु पर्दोरहेछ  ब्राउन राइस

काठमाडौं- जुन व्यक्तिले भात खान कम गरेर, हेल्दी डाइट लिएर वजन कम गर्न चाहन्छन्, त्यस्ता व्यक्तिका लागि ब्राउन राइस एउटा राम्रो विकल्प हो । 

वजन कम

शरीरको वजन कम गर्न चाहनु हुन्छ तर भात नखाइ बस्न सक्नु हुन्न भने सेतो चामलभन्दा ब्राउन राइसलाई खानामा समावेश गर्न सकिन्छ । केहि समयपछि आफ्नो वजन कम भएको महसुस गर्नु हुनेछ ।

डाइबीटीज

सामान्यतः चामलमा चिनीको मात्रा अत्यधिक हुन्छ । जसका कारण डाइबीटीज (मधुमेह) का विरामीले चामलको भात खानबाट बच्नु पर्छ । तर ब्राउन राइस सेवनबाट रगतमा शुगरको स्तर बढ्दैन । त्यसैले ब्राउन राइस डाइबीटीजका रोगीका लागि पनि राम्रो विकल्प रहेको छ ।

मुटु सम्बन्धि रोग

हृदयघात र मुटु सम्बन्धि रोग मुटुको धमनीमा कोलेस्ट्रोल जम्मा हुनाले समस्या बढ्छ । त्यसैले ब्राउन राइसको सेवनले मुटु सम्बन्धि समस्याबाट बचाउनुुको साथै मुटुको रक्षा पनि गर्छ ।

हड्डी

म्याग्नेशियम र क्याल्शियमले भरिपूर्ण हुनाले ब्राउन राइस हड्डिलाई बलियो बनाउनका लागि फाइदाजनक हुन्छ । सेतो चामलको तुलनामा ब्राउन राइस स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

कोलेस्ट्रोल

ब्राउन राइस खानुको सबैभन्दा ठूलो फाइदा भनेको यसको सेवनले कोलेस्ट्रोल कम गर्छ । त्यस्तै ब्राउन राइसको सेवनले अनावश्यक बोसो शरीरको भित्रि भागमा जम्नबाट रोक्छ ।

प्रतिकृया दिनुहोस्