नेपालमा आज वितेको २४ घण्टामा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा ९ हजार १६ जनाको नमूना परीक्षण गर्दा २ सय ७४ जना संक्रमित थप भएको जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार ६ सय ९१ जनाको पीसीआर परीक्षण गदा २ सय ६९ र १ हजार ३ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै वितेको २४ घन्टामा २ सय ७० जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हाल ५ हजार ५ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप २ लाख ६५ हजार २२ जनाले लगाएका छन्।