काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस आगामी कार्तिक ११ गतेदेखि मात्रै सञ्चालनमा आउने भएका छन् ।
हाल त्रिविको पठनपाठन बन्द रहेको छ । असामान्य परिस्थितिको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा निर्देशानुसार जानकारी गराइन्छ’, सूचना तथा जनसम्पर्क महाशाखाको विज्ञप्तिमा भनिएको छ ।