×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिँदै, आचार्य नयाँ मुख्यमन्त्री

प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिँदै, आचार्य नयाँ मुख्यमन्त्री

काठमाडौं - नेकपा एमालेले प्रदेशमा पार्टी विभाजनको क्षति कम गर्ने लक्ष्यसहित प्रदेश नम्बर १ सरकारको नेतृत्व परिवर्तन गर्ने तयारी गरेको छ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिने सम्भावना बढेको एकजना प्रदेशसभा सदस्यले जनाएका छन्।

आज(बिहिबार)  बस्ने संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले राजीनामा दिने सम्भावना रहेको बताइएको छ।

आज दिउँसो ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ। केही दिनेदेखि काठमाडौँमा रहेका प्रदेशसभा सदस्य भीम आचार्यलगायत नेताहरू अहिले बिहान बिराटनगर आउने बताइएको छ।

मुख्यमन्त्री राईले राजीनामा गरेपछि आचार्यलाई संसदीय दलको नेता चुन्ने निश्चितप्रायः बनेको एकजना  प्रदेशसभा सदस्यले जानकारी दिएका छन्।

आचार्यले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी भएको बताइएको छ। ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेसँग मात्रै ५१ सांसद छन्।

नवगठित एकीकृत समाजवादीले आफ्नो पक्षमा १२ जना रहेको दाबी गरिरहेको छ। त्यसैगरि, कांग्रेसको २१, माओवादीका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समान १ जना सांसद छन्।

समाजवादीतर्फ ८ जना सांसद संख्या पुगे अरु दलसँग गठबन्धन गरेर एमाले सरकार ढल्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्