×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लुम्बिनी नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा

लुम्बिनी नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा

काठमाडौँ- लुम्बिनी अल स्टार्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज (आइतबार) भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी उपाधि नजिकै पुगेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा जनकपुरले तीन रन मात्रै बनायो । जनकपुरका लागि समिउल्लाह सिनवारिले ४५ र पवन सर्राफले नटआउट ३० रन बनाए । बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई-दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका ईशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । जनकपुरका जितेन्द्र मुखिया, सोमपाल कामी र अशान प्रियञ्जनले दुई-दुई विकेट लिए ।

आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ । जनकपुरले अब भोलि सोमवार हुने काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्ग्सबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ । इनिमिनेटरको विजेता फाइनलमा पुग्नेछ । 

प्रतिकृया दिनुहोस्