×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इस्टर्न हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इस्टर्न हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ- इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि २८ असोजमा आइपिओ निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्कासन गरेको हो । सोमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया दिनुहोस्