×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वाञ्चलमा थपलिया र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गौतम उपकुलपति नियुक्त

पूर्वाञ्चलमा थपलिया र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गौतम उपकुलपति नियुक्त

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् ।

विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलियालाई नियुक्त गरेका प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो । छनोट तथा सिफारिस समितिले प्रा.डा.ध्रुवकुमार गौतम, प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा.देवबहादुर खड्काको नाम सिफारिस गरेको थियो ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा समिति बनेको थियो । समितिले १२ र १३ वैशाखमा उम्मेदवारको प्रस्तुति तथा अन्तर्वार्ता सञ्चालन गरेको आधारमा सिफारिस गरेको थियो ।

समितिले सिफारिस गरेकामध्ये योग्यताक्रमको आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्