×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भदौमा कांग्रेस महाधिवेशन कति सम्भव ?

भदौमा कांग्रेस महाधिवेशन कति सम्भव ?

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन समयमै नहुने चिन्ता व्यक्त भइरहेको समयमा पार्टी सभापति देउवाले त्यसमा शंका नगर्न आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै जेठ ७ देखि १० गतेसम्म महाधिवेश हुने दाबी गरेका हुन् ।

भदौमा तोकिएको पार्टीको महाधिवेशन सम्पन्न गराउने विषयमा देउवा गम्भीर नभएको भन्दै उनीमाथि आरोप लाग्दै आएको थियो । 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि तोकिएकै समयमा महाधिवेशन गराउनुपर्ने बताउँदै आएको थियो ।  कोरोना महामारी कायमै रहे पनि विभिन्न विकल्प अपनाएर महाधिवेशन गराउनु पर्ने उनले बताएका छन् ।

कांग्रेसले १४औं महाधिवेशन २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ । यसका लागि अगामी असार ५ गते गाउँ र नगरपालिका अधिवेशन, असार ७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन १ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, साउन ३ गते एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन र साउन १० र ११ गते प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । यस्तै भदौ ७ देखि महाधिवेशन गर्ने कार्यतालिका छ ।  गाउँ र नगर अधिवेशन नजिकै आइसक्दासमेत क्रियाशील सदस्यताको काम सकिएको छैन ।

कांग्रेस विधानअनुसार महाधिवेशन गर्ने समय सकिसकेकाे छ । कुनै असहज परिस्थिति सिर्जना भए एक वर्ष थप्ने भन्ने व्यवस्था छ । त्यो पनि सकिएको छ । यस्तै संविधानको धारा २६९ को ख अनुसारको बाटोमा पार्टी हिँडिरहेको छ ।

संविधानको भाग-२९ राजनीतिक दल सम्बन्धी व्यवस्थाको धारा २६९ को (ख) मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुनुपर्ने व्यवस्था छ । तर, विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गरिसक्नुपर्ने उल्लेख छ । 

गत वर्ष पुस ११ को निर्णयअनुसार फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने कार्यतालिका थियो । कोरोना महामारीलाई कारण देखाउँदै महाधिवेशन मिति सारिएको थियो ।

यही बेला देउवाको जसरी पनि तोकिएकै समयमा महाधिवेशन गर्ने प्रष्टोक्तिसहितको विज्ञप्ति आएको हो । उनले उनले असार र साउनमा महाधिवेशनको पूर्ण तयार गरिने विज्ञप्तिमा जनाएका छन् । उनले महाधिवेशन भदौमै हुने ठोस आधार प्रस्तुत नगरे पनि गर्छु भन्ने प्रतिवद्धता व्यक्त गरेकाले त्यसैलाई आधार मान्नुपर्ने एक नेताले अनलाइनपानालाई बताए । वैधानिकता नै संकटमा पर्ने भएकाले कांग्रेसँग महाधिवेशनको विकल्प छैन ।

 

प्रतिकृया दिनुहोस्