×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकमा माधव नेपालको प्रतिवेदनमाथि छलफल हुँदै

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकमा माधव नेपालको प्रतिवेदनमाथि छलफल हुँदै

असार- नेकपा एकीकृत समाजवादी को प्रथम केन्द्रीय परिषद् बैठक सोमबारदेखि काठमाडौंमा जारी छ। बैठक आज मंगलबार पनि जारी रहनेछ। 

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठ लामो प्रतिवेदनलाई पारित गर्दै बैठक मंगलबार नै सक्ने तयारी छ।  बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी छन्। 

प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठका अनुसार सोमबारदेखि दुई दिनसम्म सञ्चालित बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएका छन्। राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ। 

प्रतिवेदनमा वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम–लोकतान्त्रिक’ गरी दुई धारमा व्याख्या गरिएको छ। प्रतिवेदनमा वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे व्याख्या गरिएको छ भने मूलतः संविधान लेखनमा सहकार्य गरेका दल संविधान कार्यान्वयनमा पनि एकताबद्ध हुनुपर्ने भनिएको छ ।

नेपालले एमाले नेतृत्वको शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् भने एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम–लोकतान्त्रिक धार’को रूपमा व्याख्या गरेका छन्। 
 

प्रतिकृया दिनुहोस्